नियम २१
विदेशी मुद्रामा भुक्तानी भएमा
आपूर्तिकर्ताले कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा त्यसको प्रतिफल वापत प्रापकबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी लिई कर बिजक दिंदा कारोबार भएको दिनको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर बमोजिम उक्त विदेशी मुद्रा बराबर हुने नेपाली रुपैयाँको रकम कर बिजकमा उल्लेख गरी बिजक दिनु पर्नेछ ।